काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको ‘उज्यालो नेपाल पार्टी’को नामावली विवरण निर्वाचन आयोगमा आज अद्यावधिक गरिएको छ।

पार्टीमा ५१ जना केन्द्रीय सदस्यको नाम समावेश गरिएको छ, जसमा कलाकार रिमा विश्वकर्मा रहेकी छन् । त्यस्तै
उनको पार्टीमा देउवासँग चुनाव भिडेका सागर ढकाल, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम पनि आयोगमा बुझाइएको केन्द्रीय सदस्यको सूचीमा छन् ।
पार्टीको अध्यक्षमा अनुप उपाध्यायलाई अघि सारिएको छ । कुलमान भने एक महिनापछि मात्रै पार्टीमा सहभागी हुने बताइएको छ ।














