Logo
Logo

नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले जितसँगै शुरुआत


504
Shares

काठमाडौं – भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ। श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै १ विकेट गुमाएर पूरा गर्यो।

The current image has no alternative text. The file name is: cricket-4.jpg

नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् । श्रीलङ्काकी सन्दया निलान्थीले १ विकेट लिइन्। श्रीलङ्का टस जितेर ब्याटिङमा उत्रिँदा २० ओभरमा ८७ रन बनाइन्, कप्तान मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाइन्। नेपालकी कान्ति योगीले ३ विकेट लिए।

नेपालले दोस्रो खेलमा शुक्रवार भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी छ देशको सहभागिता रहेको छ। फाइनल खेल मङ्सिर ७ मा हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्