Logo
Logo

चीनको ७५८ मिटर लामो पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्कियो


1.4k
Shares

चीन । चीनको सिचुआन प्रान्तमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै आंशिक रूपमा भत्किएको छ । पुलले दक्षिणपश्चिमी सिचुआनलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा सेवा दिइरहेको थियो ।

The current image has no alternative text. The file name is: china-bridge.jpg

घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी सार्वजनिक गरिएको छैन। सार्वजनिक भिडियोमा धूलोको मुस्लो उठिरहेको र पुलका खम्बाहरू नदीमा खसिरहेको देखिन्छ।

स्थानीय अधिकारीका अनुसार सोमबार दिउँसो पुल वरिपरिको पहाड र सडकमा चिरा देखिएको र सुरक्षाका कारण पुल बन्द गरिएको थियो। मङ्गलवार दिउँसो आएको पहिरोले पुलमा क्षति पुर्‍याएको छ।

यो पुल सन् २०२५ सेप्टेम्बर २८ मा गाडी आवतजावतका लागि खोलिएको थियो। प्रारम्भिक अनुसन्धानले भिरालो र भौगर्भिक अस्थिर पहाडी क्षेत्रमा पहिरोका कारण पुल भत्किएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्