काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन्।

बुधबार मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता अभियानले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको बताए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, “कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनसक्छ, होस हवास गुमेको हुन सक्छ। तर गुमाउनु आवश्यक छैन र गालीगलौजमा उत्रिनुपर्ने छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्।”
नेपालले मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई एकता प्रक्रियामा सहयोग गरेकोमा धन्यवाद दिएका छन्। उनले पनि धन्यवाद प्रस्ताव पारित भएमा घाउमा मल्हम हुने उल्लेख गरे।











