Logo
Logo

५० रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई


630
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट गरेको छ । चीनको बेइजिङस्थित एम÷एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नेपाली नोट छाप्ने जिम्मा पाएको हो।

यसका लागि यही कात्तिक २५ गते सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार उक्त कम्पनीले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छाप्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

गत साउन ९ मा यसका लागि टेन्डर गरिएकामा चिनियाँ कम्पनीले न्यूनतम बोल लगाएकाले छनोट भएको राष्ट्र बैकले जनाएको छ।

यसअघि यही कम्पनीलाई एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न केन्द्रीय बैंकले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्