Logo
Logo

एभरेस्ट महिला भलिबल लिग : कर्णाली यश्विसको सोझो जित, मधेश युनाइटेड पराजित


315
Shares

काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ।

The current image has no alternative text. The file name is: volleyball.jpg

काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको खेलमा कर्णालीले मधेशलाई २५–१५, २५–१२ र २५–१७ को फराकिलो अन्तरले हरायो।

यस्तै, अहिले लिगको अर्को खेलमा ललितपुर क्विन्स र पोखरा निन्जाज बीच प्रतिस्पर्धा जारी छ।

गएको भदौ २० गते पोखरामा सुरू भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण २३ र २४ गते रोकिएको थियो। आजदेखि खेल फेरि सुरू भएको हो।

६ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान पाउनेछन्। फाइनल खेल मंसिर २९ गते हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्