Logo
Logo

एकैदिन ५ हजार ९०० ले उक्लियो सुनको भाउ


441
Shares

काठमाडौं । सुनको मूल्य आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले उक्लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

The current image has no alternative text. The file name is: Sun-gold-mulya.jpg

हिजो यसको मूल्य तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँ मात्र थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा एक सय ७० रुपैयाँले बढेर तीन हजार तीन सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्