काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोली आज बङ्गलादेशको ढाका नेशनल स्टेडियममा घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ।

नेपालले भदौमा पनि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जुन बराबरीमा सकिएको थियो। दोस्रो खेल जेनजी आन्दोलनका कारण रद्द भएको थियो।
फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छस नेपाल १८०औं र बङ्गलादेश १८३औं स्थानमा रहेको छ। नेपाली टोली प्रशिक्षक हरि खड्काको नेतृत्वमा छ। म्याट रसले राजीनामा दिएपछि खड्काले जिम्मेवारी पाएका हुन्।
पछिल्ला ६ खेलमा नेपाली टोलीले ४ मा हार र २ मा बराबरी खेलेको छ, र हाल उत्कृष्ट प्रदर्शन गर्न संघर्षरत देखिएको छ।











