Logo
Logo

सर्वपक्षीय सहमति नगरी निर्वाचनमा जान सकिँदैन: मिराज ढुङ्गाना


693
Shares

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन् । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता आवश्यक रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: miraj-dhungana2025-10-01-14-41-16.jpg

एक नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने बताएका हुन् । 

उनले भने, ‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, त्यसको लागि न्याय होइन यो ।’

उनले जेनजी आन्दोलनको अर्थलाई साबित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । ‘जो पनि जेनजी साथीहरू हुनुहुन्छ । तपाईँहरूले सोझै निर्वाचन नभनिदिनुहोला,’ उनले भने ।

यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह गरेका उनले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गर्दा यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने बताए । ‘केही नगरी हामी निर्वाचनमा गयौँ भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधीन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्