Logo
Logo

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र


693
Shares

काठमाडौँ । निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

The current image has no alternative text. The file name is: prachand_ZftjihU6Zs.jpg

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा कात्तिक ३० गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्