काठमाडौं । नेपाली कांग्रेसको शनिवार बस्ने भनिएको केन्द्रीय समिति बैठक सरेको छ । बिहीबार केन्द्रीय सदस्य र पदाधिकारीसम्मले बोल्ने क्रम सकिएपछि निर्णय गर्न शनिवार २ बजेका लागि बैठक तय भएको थियो ।

तर शुक्रवार नयाँ सूचना जारी गर्दै सोमबार (मङ्सिर १) गतेसम्मका लागि बैठक सारिएको छ। सोमबार दिउँसो २ बजे बैठक बस्ने छ ।














