काठमाडौं । धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका हुन् ।

उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको जनाइएको छ । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताएका छन् ।
प्रहरीले वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको जनाएको छ । घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।











