मजनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्दै उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।

मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रममा मात्रै सहभागी हुन भनेको उनले बताए । उनले भने, ‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुप¥यो । सीमित कार्यक्रमहरू राख्नुप¥यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुप¥यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?’
मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने दावी गरे । ‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ’ उनले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन् ?’











