Logo
Logo

जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन


1.4k
Shares

काठमाडौं । जनकपुरमा आज सात दलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सरकार गठन र सभामुखविरुद्ध विरोध जनाएका हुन् ।

The current image has no alternative text. The file name is: morcha.jpg

अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।सभामुख रामचन्द्र मण्डलविरुद्धको अविश्वास प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो ।

सो क्रममा सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए । उक्त कदमको विरोधमा सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका ७ राजनीतिक दलले प्रर्दशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्