Logo
Logo

३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्बभन्दा बढी रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब


315
Shares

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा नेपालले ५ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

The current image has no alternative text. The file name is: nepal_Rastra_Bank.jpg

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढ़ी भएको हो ।

यस अवधिमा वैदेशिक रोजगारीका सूचकहरू पनि उल्लेखनीय रूपमा बढेका छन् । अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा अन्तिम स्वीकृति १ लाख १० हजार ६५४ र पुनः स्वीकृति ५९ हजार ९३९ मात्र थियो ।

विदेशी मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ । असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति तीन महिनामा ११.३ प्रतिशतले बढेर २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

चालू खाता आणि शोधनान्तर स्थिति दुवै सकारात्मक रहेको प्रतिवेदनले देखाउँछ । तीन महिनामा चालू खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहँदा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ ।

व्यापार क्षेत्रतर्फ, तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल वस्तु आयात १९.८ प्रतिशतले बढ्दै ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यसरी व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँमा पुगेको छ ।

मुद्रास्फीति भने घटेको छ । असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.८२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्