Logo
Logo

त्रिवि रङ्गशालाको पहिलो चरणमा निर्माण सम्पन्न, प्यारापिट र फ्लडलाइट आज हस्तान्तरण हुँदै


504
Shares

काठमाण्डौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय त्रिवि क्रिकेट रङ्गशालामा पहिलो चरणमा निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट आज औपचारिक रूपमा नेपाल क्रिकेट सङ्घ क्यानलाई हस्तान्तरण हुने भएको छ ।

The current image has no alternative text. The file name is: tribi-ground.jpg

शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नेपाल प्रिमियर लिग एनपीएल प्रतियोगिता संचालनका लागि यी संरचना क्यानलाई बुझाउने तयारी गरेको हो । रङ्गशालामा जडान गरिएका छवटै फ्लडलाइट आज बेलुका परीक्षणस्वरूप बालिने र त्यसपछि प्रथम चरणअन्तर्गतका सबै संरचना प्रतियोगिताका लागि प्रयोग गर्न स्वीकृति दिइने कार्यालयका सुपरिटेन्डेन्ड इन्जिनियर चक्रवती कण्ठले जानकारी दिए ।

इन्जिनियर कण्ठका अनुसार एनपीएल सुरु भएपछि तुरुन्तै दोस्रो चरणको निर्माण कार्य पनि थालिनेछ । भोलिबाट सुरु हुन लागेको एनपीएलको दोस्रो संस्करणका लागि सबै तयारी पूरा भइसकेको क्यानले जनाएको छ ।

क्यानले यसअघि नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ, जसअनुसार कुल ३२ मध्ये २३ खेल फ्लडलाइटमा सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्