काठमाण्डौ । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै प्रभावशाली जीत दर्ता गरेको छ।

सिर्फ १८ रनको साधारण लक्ष्य नेपालले ४ बलमै बिना विकेट भेट्टायो । नेपालको तर्फबाट दिल्लीसरा धमलाले १२ रन जोडीन् भने ६ रन अतिरिक्तको रूपमा प्राप्त भयो ।
यसअघि बेङ्गलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रनमै सबै विकेट गुमायो । कुनै पनि अमेरिकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । नेपालको तर्फबाट दिल्लीसरा धमला उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो ।
यो जीतसहित प्रतियोगितामा नेपालको यो तेस्रो जित हो। नेपालले यसअघि अस्ट्रेलियालाई ८ विकेटले र श्रीलङ्कालाई ९ विकेटले पराजित गरेको थियो भने भारतसँग ८५ रनले हार व्यहोरेको थियो ।











