काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अङ्कले बढेर बन्द भएको नेप्से, आज घटेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ५.१५ अङ्क घटेर २५४०.५७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३७ स्टकको ४७ हजार १७६ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँबराबरको ७९ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक १० प्रतिशत घटेको छ । त्यसैगरी,रु रु जलविद्युत परियोजनाको सेयरमूल्य साढे ९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा१०।७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ९० लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २१ करोड रुपैयाँ नाघटेको छ भने माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।











