काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको पहिलो चरणअन्तर्गत निर्माण गरिएको प्यारापिट र फ्लडलाइट सरकारको लगानीमा पूरा भई नेपाल क्रिकेट संघ क्यानलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

सहरी विकासमन्त्री कुलमान घिसिङले दोस्रो चरणको काम छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
१० हजार दर्शक क्षमता रहेको प्यारापिट ४३ करोड ७७ लाखमा, र फ्लडलाइट ४२ करोड १९ लाखमा निर्माण गरिएको हो। काम ढिलाइ भएपछि निर्माण कम्पनीलाई दैनिक हर्जा लगाइँदै परियोजना पूरा गराइएको मन्त्रालयले जनाएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब नेपालमा डे–नाइट क्रिकेट सम्भव भएको बताउँदै सरकारलाई धन्यवाद दिए। आगामी वर्षहरूमा गुरुयोजना अनुसार करिब १० अर्बको लगानीमा दोस्रो चरणका संरचना निर्माण सुरु हुने सरकारको तयारी छ।











