Logo
Logo

दोहोरो अङ्कले बढ्यो नेप्से


504
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सामान्य अङ्क घटेर बन्द भएको नेप्से, सोमबार सामान्य अङ्क बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक ९.७८ अङ्क बढेर २५५०.३६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको ८८ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैङ्कको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ३६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।  विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ । त्यसतै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्