Logo
Logo

काठमाडौंले टस जित्यो, पहिला फिल्डिङ गर्ने


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

The current image has no alternative text. The file name is: cricket-5.jpg

आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ । जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन् ।

यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन्। प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्