Logo
Logo

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन !


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ ।

The current image has no alternative text. The file name is: dish.jpg

धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल सुरु हुन एक घण्टा भन्दा कम समय बाँकी हुदा डिश होमले क्रिकेट प्रेमीलाई धोका दिएको भन्दै आक्रोशित भएका छन् ।

सामाजिक सञ्जालमा कैयौँ प्रयोगकर्ताले पैसा काटिएर पनि सब्सक्रिशन नभएको गुनासो गरेका छन् । यस विषयमा डिशहोमका प्रतिनिधिलाई कुरा गर्न खोज्दा उपलब्ध भएका छैनन् ।

आजदेखि सुरु हुने एनपीएल स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स टिभीबाट पनि प्रशारण हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्