Logo
Logo

मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना


504
Shares

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरु आमने सामने भएका छन् । मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दल गत सोमबारदेखि निरन्तर धर्नामा बसिरहेका बेला एमाले पनि मुख्यमन्त्रीको समर्थनमा उत्रिएको हो ।

आज एमालेका नेता, कार्यकर्ताले जनकपुरको जनकचोक मन्दिर परिसरमा मुख्यमन्त्री यादवको नियुक्तिको समर्थनमा धर्ना दिएका छन् । उनीहरुले ’संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ’ भन्ने नारासहित धर्ना दिएका हुन् ।

यता सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले २४ कात्तिकमा दलहरुलाई छलेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्ति दिएर होटलमै शपथ खुवाएपछि मेधश अशान्त छ ।

प्रतिक्रिया दिनुहोस्