Logo
Logo

चितवनले फिल्डिङ रोज्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

दुवै टोली जित हात पार्ने उदेश्यका साथ मैदान उत्रनेछन् । चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ । चितवनले यसपटक सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको छ ।

कर्णाली भने सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ ।
हिजो भएको लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो । आज दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

कर्णाली याक्सः
सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, युनिस विक्रम सिह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्स ओ डाउड, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल ।

चितवन राइनोजः
कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमर सिंह राउटेला, दिपक बोहोरा, विपिन आचार्य, कमल सिंह ऐरि, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर ।

प्रतिक्रिया दिनुहोस्