Logo
Logo

सरकारले सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज । सरकारले दशैँ लक्षित गर्दै सुफथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । विगतका दशैंमा जस्तै आम सर्वसाधारणलाई थोरै भएपनि बजार भाउभन्दा सस्तो मूल्यमा सामान बेचेर राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमटेडले जनाएको छ । सुपथ मूल्य पसल दशैँ, तिहार र छठसम्म रहनेछ ।
यस पटक विगतमा जस्तो चाहिने सामान नभएको र बजार मूल्य भन्दा खासै फरक नभएको सुपथ मूल्य पसल पुगेको सर्वसाधारणको बताएका छन् ।
उनीहरुले चिनी, प्याजजस्ता सामान नपाइएको जनाएका छन् । दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल बिहीबारबाट सञ्चालनमा आएका हो ।
सहुलियत पसलमा नून प्रति केजी १८ रुपैयाँ (प्रति परिवार ४ केजीका दरले), चिनी प्रति केजी७० रुपैयाँ (प्रतिपरिवार ४ केजीका दरले) र घ्यूप्रति लिटर ८ सय ७० रुपैयाँमा पाइनेछ । चामलमा प्रति किलो ५, खसी, बोका र च्याँग्रामा प्रति किलो १० र दालमा ५ रुपैयाँ छुट दिइनेछ । सिमी र गेडागुडीमा प्रतिकिलो १०, फापरमा ५ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ सस्तो पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्