Logo
Logo

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सरकारले पुनर्विचार गरोस्: स्वर्णिम वाग्ले


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेलाई थुनामा राख्ने आधार बनेको अघिल्लो सरकारको संसदीय छानबिन समितिको प्रतिवेदन पुनरावलोकन गर्न वर्तमान सरकारसँग माग गरेका छन् ।

The current image has no alternative text. The file name is: swarnim-wagle.jpg

मङ्गलवार नख्खु कारागारमा लामिछानेसँग भेटघाट गरी बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पल्टाएर हेर्न सरकारलाई आग्रह गरेका हुन् । ‘यो प्रतिवेदन सार्वजनिक भएको केही घण्टामै तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गराइयो । रविजीलाई भैरहवा र यहाँ गरी ४-५ महिनादेखि थुनामा राखिएको छ,’ उनले भने, ‘अहिलेको सरकारले प्रतिशोधको राजनीति हो भन्ने बुझेर क्याबिनेटबाटै त्यो प्रतिवेदन पुनरावलोकन गरिदियोस् । आवश्यक परे कानुनी राय लिएर अनुसन्धानका बुँदा हेरियोस् । अदालतको क्षेत्रमा हामी प्रवेश गर्दैनौँ ।’

उनले यो निर्णयमा तत्कालीन सरकारको दुराशय रहेको दाबी गरे । रविसँगेको भेटमा पार्टीको अवस्था, राष्ट्रिय राजनीति र लामिछानेको स्वास्थ्यबारे पनि छलफल भएको वाग्लेले बताए । मङ्गलवार दिउँसो सवा ११ बजेदेखि पौने २ बजेसम्म चलेको भेटमा विघटित प्रतिनिधिसभाका पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्