Logo
Logo

बालेनसँग सकारात्मक संवाद भइरहेको छ: स्वर्णिम वाग्ले


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निरन्तर सकारात्मक संवाद भइरहेको जनाएको छ । मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेट्न पुगेका उपसभापति डा. स्वर्णिम वाग्लेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेनसँग सहकार्यका लागि खुला र सौहार्दपूर्ण कुराकानी भइरहेको तर कुनै दबाब वा हतारो नभएको बताए ।

The current image has no alternative text. The file name is: balen-rasapa.jpg

उनले भने, ‘हामी उहाँसँग सकारात्मक संलग्नतामा छौँ ।’ उनले बालेन हाल स्वतन्त्र मेयर भएको र कुनै दलको सदस्य नरहेका कारण निर्वाचन आयोगको दलीय समयसीमाले उनलाई असर नगर्ने भएकाले संवाद सहज र दबाबमुक्त रहेको प्रष्ट पारे । ‘उहाँसँग हाम्रो कुराकानी सौहार्दपूर्ण र दबाबरहित वातावरणमा भइरहेको छ,’उनले भने ।

बालेन रास्वपामा आबद्ध हुने सम्भावनाबारे सोधिएको प्रश्नमा वाग्लेले संवाद सकारात्मक रूपमा अघि बढिरहेको तर अझै निष्कर्षमा नपुगेको बताए । ‘हामी निरन्तर छलफलमा छौँ । उहाँ आउने वा नआउने, कहिले र कुन हैसियतमा आउने भन्ने कुरा समयले नै स्पष्ट गर्नेछ,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्