Logo
Logo

विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनको  विशाल लक्ष्य


441
Shares

काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलले आक्रमक ब्याटिङमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिले ब्याटिङ गरेको विराटनगरले चार विकेटको क्षतिमा २२० रन बनाएको हो । यो एनपीएलकै सबैभन्दा उच्च स्कोर हो । 

The current image has no alternative text. The file name is: lokesh-martin.jpg

एनपीएलमा सबैभन्दा उच्च स्कोरको रिकर्ड पनि विराटनगरकै नाममा थियो । गत वर्ष लुम्बिनीले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले आठ विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

विराटनगरका लागि बमले ४८ बलमा ७२ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । त्यसअघि गप्टिलले विराटनगरका लागि अर्धशतक बनाएका थिए । उनले ३५ बलमा तीन चौका र पाँच छक्काको मद्दतले ६१ रन बनाए । 

त्यस्तै, शुभम रञ्जानेले ३८, बसिर अह्मदले २३, नारायण जोशीले ११ र जर्ज मन्सेले १० रन बनाए । पोखराका लागि म्याट टेलरले दुई, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले एक९एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्