नेपालमा कोरोनाबाट बरिष्ठ चिकित्सकको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

नेपालमा कोरोनाबाट बरिष्ठ चिकित्सकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज ।
नेपालमा पहिलोपटक कोरोनाबाट चिकित्सकको मृत्यु भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । भेरी असपतालमा कार्यरत बरिष्ठ चिकित्सकको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले बताए ।


कोरोना संक्रमित बिरामीको उपचारको क्रममा उनलाई संक्रमण भएको थियो । उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्