
काठमाडौं । आज (बुधवार) प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ ।
सेसन अवधिमा नेप्से ४.८४ अंकले बढेर २५७०.९२ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ ।
सेसनमा ५४ वटा कम्पनीको कारोबार हुँदा ३१ वटाको मूल्य बढ्यो भने २१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रि सेसनमा ६२ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।











