Logo
Logo

नेप्से ५ अंक घट्दा ८ नयाँ कम्पनीले १० प्रतिशतले बढ्यो


189
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ४.९८ अंकले घटेर २५६१ अंकमा पुगेको छ। अघिल्लो दिन नेप्से १५ अंकले बढेको थियो।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

आजको कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड भएको छ, अघिल्लो दिनको ४ अर्ब १० करोडको तुलनामा बजारमा ७७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहे। समूहगत रूपमा, होटल तथा पर्यटन १.१६५ , उत्पादन तथा प्रशोधन ०.४२% , र व्यापार ०.३२% ले बढेको छ।


विकास बैंक समूह सबैभन्दा धेरै १.०९% घटेको छ। यससँगै बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहको मूल्य पनि घटेको छ।

यद्यपि, हालै आईपीओमा सूचीकृत ८ कम्पनीको मूल्य १०५ले वृद्धि भएको छ। ती कम्पनीहरू हुन् माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी ।

यसैगरी, स्वस्तिक लघुवित्त ८.१८% र पियोर इनर्जी ६.९३% ले बढेको छ। सबैभन्दा धेरै घट्ने कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक ६.०३% रहेको छ भने पिपुल्स हाइड्रोपावर ३.५८% , ग्रिन डेभलपमेन्ट बैंक ३.५१%, पिपुल्स पावर ३.१८% ले घटेको छ।

आज उच्च कारोबार भएका कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्