Logo
Logo

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, युवती घाइते


693
Shares

काठठमाडौं । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत अरुणखोला नजिक एउटा यात्रुवाहक बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मधु नेपालका अनुसार दुर्घटनामा स्कुटर चालक धादिङको नीलकण्ठ नगरपालिका–५ निवासी २६ वर्षीय शिवजी वस्तीको उपचारको क्रममा आज बिहान मध्यबिन्दु अस्पतालमा मृत्यु भएको हो । मृतकको शव अस्पतालमै छ ।

स्कुटरको पछाडी सवार उदयपुरको गाईघाट निवासी २१ वर्षकी निरु शाह घाइते भएकी छन् । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्