Logo
Logo

रास्वपाले बनायो निर्वाचन लक्षित तीन कार्यदल, क-कसले पाए जिम्मेवारी ?


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन लक्षित तीन कार्यदल गठन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन कार्यदल गठन गरेको हो ।

जसमा राजनीतिक अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययन कार्यदल गठन गरिएको छ । राजनीतिक अध्ययन कार्यदलको संयोजकमा विराजभक्त श्रेष्ठ रहेका छन् ।

निर्वाचन रणनीति कार्यदल संयोजकमा प्रवक्ता मनिष झा रहेका छन् भने मिडिया अध्ययन कार्यदलमा निशा डाँगी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

तीनवटै कार्यदलमा को–को छन् सदस्य ?
विराजभक्त श्रेष्ठ संयोजक रहेको राजनीतिक अध्ययन कार्यदलमा पुकार बम, गणेश कार्की, प्रकाश बिष्ट, मदन खड्का, देवराज पाठक, राजन गौतम, अचुत्तम लामिछाने, तपेश्वर यादव र गोमा तामाङ सरिन रहेका छन् ।

मनिष झा संयोजक रहेको निर्वाचन रणनीति कार्यदलमा विष्णुकुमार श्रेष्ठ, टीका सङ्ग्रौला (ज्वाला), पारसमणि गेलाल र प्रदेश सभापतिहरू पदेन रहनेछन् । त्यसैगरी, मिडिया अध्ययन कार्यदलमा निशा डाँगी संयोजक रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्