
काठमाडौं । जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।
आयोगको कार्यालयमा बोलाएर बिहीबार अर्यालसँग बयान लिएको हो । जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको जानकारी दिए ।
अर्याल यही साता आवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ । अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले अहिले नै लिइएको बताइएको छ ।











