Logo
Logo

विराटनगरले टस जित्यो, काठमाण्डुले पहिले ब्याटिङ गर्ने


315
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध काठमाण्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको हो । आजको खेलमा विराटनगरले कुनै परिवर्तन गरेको छैन । 

The current image has no alternative text. The file name is: npl-8.jpg

काठमाण्डुले तीन खेलाडी परिवर्तन गरेको छ । भीम सार्कीको स्थानमा प्रतिक श्रेष्ठ,  मिलिन्द कुमार र सन्नी पटेलको स्थानमा रिकार्डो भास्कोनसेलोस र जेरहार्ड इरासमस सुरुवाति ११ मा राखेको छ । 

विराटनगरको टोली: सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे, 

काठमाण्डुको टोली: करण केसी (कप्तान), शाहब आलम, प्रतिक श्रेष्ठ, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, रिकार्डो भास्कोनसेलोस, जेरहार्ड इरासमस र जोहन सिम्पसन ।

प्रतिक्रिया दिनुहोस्