Logo
Logo

विराटनगर किंग्सलाई लगातार दोस्रो जित


693
Shares

काठमाडौं । विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । विराटनगर किंग्सले काठमाण्डु गोर्खाजलाई हराउँदै दोस्रो जित हात पारेको हो ।  गोर्खाज लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। 

The current image has no alternative text. The file name is: sbiratnager.jpg

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिवार विराटनगरले काठमाण्डुलाई पाँच विकेटले पराजित गरेको हो । काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ । 

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाण्डु भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। पहिलो खेलमा जित हासिल गरेको काठमाण्डुको दुई अंक छ। 

विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए । उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।  त्यस्तै, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए । काठमाण्डुका लागि शहाब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक-एक विकेट लिए। 

अब अर्को खेल सोमबार हुनेछ । सोमबार बिहान ११ः४५ बजे बिराटनगर किंग्स र जनकपुर बोल्टस् तथा अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्