काठमाडौँ । नेपाल प्रमियर लिग (एनपिएल)अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्ले टस जितेर विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर केही समयपछि ब्याटिङका लागि मैदान उत्रिँदै छ।

टियू मैदान कीर्तिपुरमा हुने खेलमा साविक च्याम्पियन जनकपुर पहिलो जितको खोजिमा रहँदा विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ। जारी लिगको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले उद्घाटन खेलमा काठमान्डु किंग्ससँग ५ विकेटको हार भोगेको थियो।
अर्को तर्फ विराटनगरले भने पहिलो खेलमा पोखरालाई ५३ रन र दोस्रो खेलमा काठमान्डुलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गतनै आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।
विराटनगर किङ्स प्लेइङ ११:
लोकेश बम, जर्ज मन्से, मार्टिन गुप्टिल, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, बसिर अहमद, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सूर्य तामाङ
जनकपुर बोल्ट्स प्लेइङ ११:
आसिफ शेख, अनिल साह, लाहिरु मिलान्था, सञ्जय कृष्णमुर्ती, संगीथ कूरे, मयन यादव, आदित्य महता, जान निकोल लफ्टी-इटन, रुपेश सिंह, विकाश आग्री, ललित राजवंशी











