काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ९०० रुपैयाँले घटेको छ। आइतबार २ हजार ९०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार १९०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ७०० कायम भएको छ। आइतबार सोही परिमाणको सुन २ लाख ४४ हजार ६०० मा खरिदबिक्री भएको थियो।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि आइतबार चाँदीको मूल्य ३ हजार १३५ रुपैयाँ कायम भएको थियो।











