Logo
Logo

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका नेपाली चेली स्वदेश फर्किए


315
Shares

काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले टोलीलाई स्वागत गर्दै सम्मानित गरे ।

The current image has no alternative text. The file name is: cricket-blind.jpg

श्रीलङ्काको राजधानी कोलम्बोमा हिजो भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमै ३ विकेट गुमाउँदै भेट्टाएर उपाधि हात पारेको थियो ।

यो प्रतियोगितामा नेपालका दुई खेलाडीले फरक–फरक विधामा ‘प्लेअर अफ द सिरिज’ जितेर चम्किएका छन् । ‘बी–वान’ वर्गबाट सुष्मा तामाङ र ‘बी–टु’ वर्गबाट मनकेशरी चौधरी सम्मानित भए ।

पहिलो संस्करणको यस विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्