Logo
Logo

नेप्सेले दियो वृद्धिलाई निरन्तरता


252
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार बढेर बन्द भएको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक ५०.४४ अङ्क बढेर २६५०.६६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अङ्क बढेको छ । 

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माबिलुङ्ग इनर्जीको सेयरमूल्य आज सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको २४ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्