Logo
Logo

प्रधानमन्त्री निवासमा सल्लाहकारसहित ७५ जनालाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज ।
प्रधानमन्त्री निवासमा ७५ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ७० जना सुरक्षाकर्मी छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा तथा प्रमुख स्वीकृत सचिव इन्द्र भण्डारी लगायत सचिवालयका पाँच जनामा संक्रमण देखिएको छ ।
बालुवाटारमा धेरैलाई कोरोना देखिएपछि प्रधानमन्त्रीले भेटघाट बन्द गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको पनि परीक्षण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्