काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली राम्रो सुरुवात गर्न सकेन । पहिलो बलमा प्रारम्भिक ब्याटर जोस ब्राउनलाई गुमायो। त्यसपछि लगातार विकेट गुमाउँदै गएपछि सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो । उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए ।
त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए । हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे ।
स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए। विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे । कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए ।











