Logo
Logo

नेपालको ग्रामीण समुदायलाई सुरक्षित गर्दै मेटलाइफ


3.3k
Shares

काठमाडौं । मेटलाइफ नेपालले सन् २००९ मा पहिलो पटक नेपालमा लघु बीमा सुरु गरी देशभरका ग्रामीण क्षेत्रमा न्यून आय भएका समुदायहरूलाई वित्तीय सुरक्षा तथा गरिबी उन्मूलन गर्न टेवा पु¥याई सहयोग दिने र पहुँचयोग्य बनाउन ऐतिहासिक पहल गर्दै आएको छ ।

सानो रूपमा सुरु गरिएको यो अभियान आज देशका ७७ वटै जिल्लामा ८.५ लाखभन्दा बढी ऋणग्राहीहरूलाई सुरक्षा प्रदान गर्ने देशकै सबैभन्दा ठूला समावेशी बीमा कार्यक्रममध्ये एक बनेको छ ।

यो सेवा लघुवित्त वित्तीय संस्थाहरू र सहकारी संस्थाहरूको साझेदारीमा सञ्चालन गरिएको छ, जसले ग्रामीण तथा अर्ध–शहरी समुदायका व्यक्तिहरूलाई सस्तो र सजिलो बीमा सुविधा उपलब्ध गराउँछ ।

मेटलाइफ नेपालद्वारा प्रमुख योजनाको रुपमा ग्रामिण म्यादी बीमा (आरटीआई) सार्वजनिक गरी ग्रामिण क्षेत्रका न्युन वर्गका ऋणग्राहीहरूलाई समूह बीमाको रूपमा प्रदान गरिएको हो । यस बीमाले ऋणग्राहीको मृत्यु वा दुर्घटनाका कारण पूर्ण स्थायी अपाङ्गता भएका अवस्थामा ऋणग्राहीको बक्यौता रकम सिधै सम्बन्धित वित्तीय संस्थालाई भुक्तानी गरि आश्रित परिवारलाई कठिन समयमा ऋणको भारबाट मुक्त गर्न मद्दत गर्नेछ ।

वित्तीय संस्थाले प्राप्त भएको रकमबाट ऋण रकम चुक्ता गरी बाँकी रकम भएमा त्यो ऋणग्राहीको परिवारलाई अतिरिक्त वित्तीय सहयोगका रुपमा प्रदान गरिन्छ । जसले परिवारलाई तत्काल आवश्यक खर्च व्यवस्थापन गर्न सहयोग प्रदान गर्दछ । साथै, यस बीमामा सहभागी हुन जटिल स्वास्थ्य परीक्षण वा औपचारिक कागजात आवश्यक नपर्ने भएकाले यो योजना सबैका लागि सहज र समावेशी बनेको छ ।

यो योजनाले नेपालका लघुवित्त संस्थाहरुको स्थायित्व र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पु¥याएको छ । साथै, मेटलाइफ नेपालले ग्राहकहरूको विश्वास र पारदर्शिता बढाउनका लागि लघु बीमा दाबी व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । जसले दाबी प्रक्रिया छिटो र सहज बनाएको छ ।

गत आर्थिक वर्षसम्म मेटलाइफ नेपालद्वारा ४१,९९३ जनालाई रु २ अर्ब ७३ करोड लघु बीमा दाबी भुक्तानी गरिएको छ ।

समयसँगै मेटलाइफ नेपालको लघु बीमा केवल बीमा योजना मात्र नभई सामाजिक सुरक्षा र वित्तीय समावेशीकरणको आधारस्तम्भ बनेको छ । यसले देशका हजारौं परिवारलाई शान्ति, आत्मविश्वास र सुरक्षित भविष्य निर्माण गर्न प्रेरित गरेको छ । मेटलाइफ नेपाल निरन्तर आफ्ना समुदायहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै सबैका लागि सुरक्षित र आत्मनिर्भर भविष्य निर्माण गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्