काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को मङ्गलवारको खेलमा काठमाण्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन् ।

लुम्बिनीको यो तेस्रो खेल हो । यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो । काठमाण्डु आज चौथो खेलमा छ। यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ ।











