Logo
Logo

एनआइएमबी एस क्यापिटलसहितले गरे ‘रोड टु आइपिओ’ कार्यक्रम


126
Shares

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङको सहयोगमा चितवनमा ‘रोड टु आइपिओ एन्ड क्रेडिट रेटिङ’ कार्यक्रम गरिएको छ । उद्यमी–व्यवसायीलाई सेयर निष्कासन (आइपिओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे जानकारी दिन र सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रम नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ)को आयोजनामा भएको हो ।

उद्यमी–व्यवसायीलाई सेयर निष्कासन (आइपिओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे जानकारी दिन र सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

एनवाइइएफ चितवनका अध्यक्ष निशान पौडेलले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महŒवमाथि प्रकाश पारे । एनआइएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले आइपिओका लागि रणनीतिक योजनासम्बन्धी वर्कसप सञ्चालन गरेका थिए । उनले कम्पनीहरूले आइपिओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, हालको आइपिओ बजार अवस्था र उद्यमीले प्रायः गर्ने सामान्य गल्तीबारे जानकारी गराएका थिए ।

पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनमा जाँदा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायबारे स्पष्ट पारे ।

यसैगरी, केयर एजका सिइओ आनन्दप्रकाश झाले क्रेडिट रेटिङबारे प्रस्तुति दिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठुलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखे । चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्