Logo
Logo

सिटिजन्सले ल्यायो जेन–जी बचत खाता सञ्चालनमा


315
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालक्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा सिटिजन्स जेन–जी बचत खाता सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ खाताको सुरुवात गरे ।

सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेष गरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लाटफर्ममा सक्रियलाई उनीहरूको जीवनशैलीअनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

जेन–जी बचत खाता न्यूनतम १०० रुपैयाँमै खोल्न सकिनेछ भने वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सी–आस्बा रेजिस्ट्रेसनजस्ता महŒवपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

त्यस्तै, एटिएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र पाँच सय रुपैयाँमै उपलब्ध हुने विशेष बन्डल्ड सुविधासमेत रहेको छ । यसले युवा ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

त्यसैगरी, ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने बैंकको भनाइ छ । यो बचत खाता प्रयोगकर्तालाई पहिलो मोबाइल टपअपमा २५ प्रतिशत नगद फिर्तासमेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्