Logo
Logo

आईसीसी टी-२० विश्वकप २०२६: नेपालको पहिलो खेल इग्ल्यान्डसँग


1.1k
Shares

काठमाडौं । आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा विश्वकपको तालिका  घोषणा गरिएको हो ।

The current image has no alternative text. The file name is: cricket.gif

प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म ७ सहरका ८ फरक स्थानमा आयोजना हुनेछन् । यीमध्ये भारतका ५ र श्रीलङ्काका २ सहर समावेश छन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई यस प्रतियोगिताको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग खेल्नेछ । चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतले फेब्रुअरी १५ मा कोलम्बोमा भिड्नेछ । ग्रुप चरणमा हरेक दिन ३ खेल खेलाइनेछन् । 

नेपाल भने ग्रुप सीमा छ । यस ग्रुपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् । नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ ।

भारत भने अमेरिका, नेदरल्याण्ड्स, नामिबिया र पाकिस्तानसँगै एउटै समूहमा राखिएको छ । प्रतियोगिताको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यदि पाकिस्तानले नकआउट चरणमा प्रवेश गरे त्यसका खेलहरू श्रीलंकामा आयोजना हुनेछन् । यस प्रतियोगितामा २० टोलीबिच कुल ५५ खेल हुनेछन् । ग्रुप चरणमा टोलीहरूलाई ४ विभिन्न समूहमा विभाजन गरिएको छ ।

युरोपेली देश इटालीले पहिलो पटक टी-२० विश्वकपमा स्थान बनाएको छ । आयोजक राष्ट्रका साथै अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले पछिल्लो विश्वकपको सुपर-८ चरणमा पुगेका कारण छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्