Logo
Logo

एनपीएलमा आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो खेल लुम्बिनी र सुदूरपश्चिमबीच बिहान ११ः४५ सुरु हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ ।

दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ ।

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्