काठमाडौं । बङ्गलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सूचीकृत भएका छन् । नोभेम्बर ३० मा हुने अक्सनका लागि बङ्गलादेश क्रिकेट बोर्डले सार्वजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सूचीकृत भएका हुन् ।

नेपालबाट सन्दीप लामिछाने क्याटोगरी बी मा सूचीकृत भएका छन् भने क्याटोगरी डी मा दिपेन्द्र सिंह ऐरी, क्याटोगरी ई मा आसिफ सेख, गुलशन झा र सोमपाल कामी सूचीकृत भएका छन् ।
बङ्गलादेश प्रिमियर लिगमा १२ वर्षपछि अक्सन हुदैछ । यस वर्षको बङ्गलादेश प्रिमियर लिग डिसेम्बर १९ देखि सुरु हुदैछ । यस सिजनमा ६ फ्रेन्चाइजीले लिगमा खेल्ने बताइएको छ । जसमा रंगपुर राइडर्स, ढाका क्यापिटल्स, सिल्हेट टाइटन्स, चट्टोग्राम रोयल्स, राजशाही वारियर्स र नोआखली एक्सप्रेसले खेल्ने बताइएको छ ।











