Logo
Logo

चितवनले टस जित्यो, काठमान्डु पहिले ब्याटिङ गर्ने


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अनतर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेपछि काठमान्डु गोर्खाजले ब्याटिङ गर्ने भएको हो ।

आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् ।

चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्